काठमाडौं नेपाल प्रहरीमा रिक्त हुने २५ एसएसपी पदका लागि रस्साकस्सी बढ्दै गएको छ। बढुवामा नयाँ टोलीका एसपीहरू समेत शक्तिकेन्द्र धाउन थालेपछि बढुवा अझै लम्बिने सम्भावना देखिएको छ। बढुवामा पाँच टोलीबिच प्रतिस्पर्धा हुने भएको हो। फरकफरक समयमा बढुवा भएका यो ब्याचका ६० भन्दा धेरै एसपीहरु बढुवा हुने प्रतिस्पर्धामा छन्

एसएसपी बढुवा चार महिनादेखि रोकियो—
सरकारले गत कात्तिक यता एआइजीका रिक्त पदमा तीनपटक बढुवा निकालि सकेको तर, एसएसपीमा बढुवा निकाल्न सकेको छैन हाल एसएसपीका २५ पद रिक्त छन्। 

स्रोतका अनुसार बढुवामा ६० एसएसपीबिच प्रतिस्पर्धा सबै आकांक्षीले शक्तिकेन्द्र बाट दबाब दिएपछि गृहमन्त्रालयले बढुवा निकाल्न सकेको छैन यसले एकातर्फ बढुवामा अस्वस्थ प्रतिस्पर्धा बढेको भने अर्का तर्फ बढुवामा ढिलाइ हुँदा तल्लो तहसम्मको बढुवा प्रक्रियासमेत प्रभावित भएको यसरी बढुवामा भएको ढिलाइले बढुवाका आकांक्षी हरूसमेत तनावमा परेका छन्। 

गत भदौ १५ मै एसएसपीका १७ पद रिक्त भएका थिए तर, चार महिनासम्म ठुलो संख्यामा पदहरू रिक्त हुँदा कतिपय कार्यालयहरू समेत प्रभावित बनेका छन्। 

प्रतिस्पर्धामा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका विमल बस्नेत देखि २०५८ सालमा भर्ना भएको टोलीसम्म छन्। 

२०५६ मा भर्ना भएका एसपीहरु गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराकँडेलतुलबहादुर कार्कीराकेश सिंह र राजिव बस्नेत पनि मुध्य प्रतिस्पर्धामा छन् ।उनी बाहेक २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थुप्रै एसपीहरू एसएसपीको प्रतिस्पर्धामा छन्।

यि जना भने २०५६ सालमा भर्ना भएता पनि उनीहरु २०५८ कै टोलीसँगै एसपीमा बढुवा भएका थिए। वि.सं. ०५८ मा भर्ना भएका ८९ जना लटमा एसपीमा बढुवा हुँदा २०७५ फागुन ३ गते पहिलो लटको बढुवामा ०५६ का अधिकारी, सिलवाल र कँडेलसँगै उनीहरु बढुवा भएका थिए।

२०५६ मा भर्ना भएका कार्की, सिंह बस्नेत भने २०५८ कोटोलीको दोस्रो लटमा २०७७ बैशाख महिनामा एसपी भएका थिए। यसैकारण, अहिले २०५६ २०५८ कै टोलीबीच बढुवामा प्रतिस्पर्धा हुने स्पष्ट छ।

एसएसपीका प्रमुख दाबेदार को-को हुन् त ? 

रिक्त एसएसपीका लागि सबैभन्दा बलियो दाबेदार २०५६ मा भर्ना भएका एसपीहरु गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेलतुलबहादुर कार्कीराकेश सिंह राजिव बस्नेत मुख्य प्रतिस्पर्धामा छन्

यस सगैं २०५८ सालमा भर्ना भएर पहिलो लटमै एसपी भएका १३ जना हुन्। यो टोलीका एसपीहरू रमेश थापा, नवराज अधिकारी ,प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शम्शेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, वीरबहादुर बुढामगर प्रतिस्पर्धामा छन्।उनीहरू आफ्नै ब्याचको टोलीलाई छाडेर अघि बढेका हुन्। 

यस्तै यही टोलीसँग २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर एसपी बढुवामा बिबिध कारणले पछि पारिएका २०७७ बैशाखमा एसपीमा बढुवा भएका प्रभु ढकाल,होमिन्द्र बोगटी, बेद बिष्ट, दयानिधी ज्ञवाली, सन्तोषसिंह राठौर, शान्तिराज कोइराला, सन्जयसिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रकाश मल्ल, ज्ञानेन्द्र फुयाल, राजेन्द्रप्रसाद धमला लगायतका अन्य एसपी पनि प्रतिस्पर्धामा छन् यस मध्य एसपी प्रभु ढकाल,होमिन्द्र बोगटी प्रहरी संगठनभित्र काबिल अफिसरका रूपमा चिनिन्छन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय