
काठमाण्डौं। २०५१ चैत ५ गते प्रहरी सेवामा प्रवेश गरेकी एआईजी बज्राचार्य एआईजीको ५६ वर्षे उमेरहदका कारण आजबाट अनिवार्य अवकाश गएकी हुन् । उपत्यका प्रहरी कार्यालयको प्रमुख रहेकी एआईजी बज्राचार्यलाई सोमबार नै कार्यालयले बिदाइ गरेको थियो। उनको गत साउन २२ गते उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको थियो।
उनी अवकाश गएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख विहीन बनेको छ।

राम्रो कमान्ड गर्न सक्ने खुबी भएकी बज्राचार्य यसअघि ललितपुर र भक्तपुरको जिल्ला नेतृत्व गरिसकेकी छिन् भने काठमाडौं उपत्यका प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गर्ने पहिलो महिला उच्च अधिकृत समेत हुन् ।
बर्तमान प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको एउटै ब्याजी रहेपनि ३० वर्षे सेवा अवधि सकिन केही महिना बाँकि रहेपनि एआईजीको ५६ वर्षे उमेरहदले उनी अनिवार्य अवकाश गएकी हुन् ।
एआईजी बढुवामा कडा प्रतिस्पर्धा— प्रमुख दाबेदारमा डिआईजी केसी , कठायत र भट्टराई…

अब रिक्त हुने २ एआईजीका लागि प्रहरी नायबमहानिरीक्षक (डिआईजी)हरु — रविन्द्र केसी, कुवेरकडायत , जनकभट्टराई ,चन्द्रकुवेर खापुङ र लालमणिआचार्य मुख्य प्रतिस्पर्धामा छन् । जसमा केसी , कडायत रभट्टराई प्रहरी महानिरीक्षक (आईजीपी)कॅुवरका ब्याचमेटहुन् भने खापुङ र आचार्य हालका एआईजी दीपक थापाकाब्याची हुन् ।
पछिल्लो एआईजी बढुवा हेर्दा आईजीपी कुँवरकाब्याचीहरुलाई प्राथमिकतामा राखिएको देखिन्छ । जसका कारण एआईजीको बढुवाको प्रबल दाबेदारहरु मघ्यकडायत, केसी र भट्टराई बिच कडा प्रतिस्पर्धा हुने बुझिएकोछ । तर, दुई रिक्त एआईजी पदका लागी उनीहरुमध्येएकजना भने बढुवामा छुट्नेछन् ।
गृह स्रोतका अनुसार दुई एआईजीको लागि कडायत रकेसीको सम्भावना बढी छ । उनीहरु दुवैजना प्रहरीसंगठनमा इमान्दार प्रहरी अधिकृतको छवि बनाउन सफल अधिकृत मानिन्छन् ।
कडायत सुदूरपश्चिम निवासी भएकाले उनलाई एआईजीमाबढुवा गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकलाई दबाब दिएको स्रोत बताउँछ । रविन्द्र केसी पछिल्लो समय सुदुरपश्चिम प्रदेश कार्यालयको प्रमुख भई आफ्नो कार्यकाल सफल बनाएका थिए साथै उनलाई संगठनमा बौद्दिक ,मिलनसार एंव काविल अफिसरका रूपमा चिनिन्छ त्यसैले उनको सम्भावना बलियो रहेको स्रोतले जानकारी दियो ।
अतः मुख्य प्रतिस्पर्धी तिनै जना प्रहरी महानिरीक्षक(आईजी)का ब्याचमेट भएको हुँदा एआईजी बढुवा निकैपेचिलो भने छ।



