काठमाडौं सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) बाट अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको तयारी गरेको छ। रिक्त रहेका एआईजीको पदको बढुवाका लागि फाइल तयार पार्न प्रहरी प्रधान कार्यालय लाई निर्देशन समेत भइसकेको छ। 

आज (शनिवार) सार्वजनिक बिदा भएकाले सम्भवतः भोलि (आईतवार) बढुवा समितिले एआईजी बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको गृह स्रोतले सुरक्षा सरोकार डटकमलाई जानकारी दियो। 

यहि हप्ताभित्रै उमेरहदका कारण नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षकद्वय भरत बोहरा किरण बज्राचार्य अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन् उनीहरु दुवैजना एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाशमाजान लागेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको

०८१ पुष गते एआईजीमा बढुवा भएका भरत बोहरा आगामी २०८१ पुष १४ गते  ५६ वर्षे उमेरहदका कारण अनिवार्यअवकाशमा जानेछन् उनी अवकासमा गएको दुई दिनपछि पुष १६ गते एआईजी किरण बज्राचार्य पनि अनिवार्य अवकाशको सूचीमा रहेकी छिन। उनीहरू दुबैजना वर्तमान आईजीपी वसन्तबहादुर कुँवरका ब्याची हुन् २०५१ चैत५ मा उनीहरू प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरी सेवामा प्रवेश गरेका थिए

प्रहरी नियमावली २०७१ अनुसार प्रहरीको ३० वर्षे सेवा अवधि, पाँच वर्षे पदावधि भएपनि उनीहरू एआईजीको ५६ वर्षेउमेर हदका कारण अनिवार्य अवकाशमा जाने कानूनी व्यवस्था रहेको

अब रिक्त हुनेएआईजीका लागि प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरुरविन्द्र केसी, कुवेर कडायत , जनकभट्टराई ,चन्द्रकुवेर खापुङ लालमणि आचार्य मुख्य प्रतिस्पर्धामा छन् । जसमा केसी , कडायत भट्टराई प्रहरी महानिरीक्षक (आईजीपी)कॅुवरका ब्याचमेट हुन् भने खापुङ आचार्य हालका एआईजी दीपक थापाका ब्याची हुन्

पछिल्लो एआईजी बढुवा हेर्दा आईजीपी कुँवरका ब्याचीहरुलाई प्राथमिकतामा राखिएको देखिन्छ जसका कारण एआईजीको बढुवाको प्रबल दाबेदारहरु मघ्य कडायत, केसी भट्टराई बिच कडा प्रतिस्पर्धा हुने बुझिएको तर, दुई रिक्त एआईजी पदका लागी उनीहरुमध्ये एकजना भने बढुवामा छुट्नेछन्

गृह स्रोतका अनुसार दुई एआईजीको लागि कडायत केसीको सम्भावना बढी उनीहरु दुवैजना प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको छवि बनाउन सफल अधिकृत मानिन्छन्

कडायत सुदूरपश्चिम निवासी भएकाले उनलाई  एआईजीमा बढुवा गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकलाई दबाब दिएको स्रोत बताउँछ  रविन्द्र केसी पछिल्लो समय सुदुरपश्चिम प्रदेश कार्यालयको प्रमुख भई आफ्नो कार्यकाल सफल बनाएका थिए साथै उनलाई संगठनमा  बौद्दिक ,मिलनसार एंव काविल अफिसरका रूपमा चिनिन्छ त्यसैले उनको सम्भावना बलियो रहेको स्रोतले जानकारी दियो

अतः मुख्य प्रतिस्पर्धी तिनै जना प्रहरी महानिरीक्षक (आईजी)का ब्याचमेट भएको हुँदा एआईजी बढुवा निकै पेचिलो भने छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय