काठमाडौं — गृहमंन्त्रालयले एकै पटक  १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।

गृह मन्त्रालयले शुक्रवार ललितपुर र भक्तपुरलगायत १७ जिल्लाका सिडिओ परिवर्तन गरेको हो ।

गृह मन्त्रालयले रुपन्देहीका सिडिओ गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरेको छ । रुपन्देहीमा वासुदेव घिमिरे सिडिओ बनेर आएका छन् ।

टुकराज पोखरेलको धनकुटा, पुण्य विक्रम पौडेलको गोरखा, श्याम कृष्ण थापाको तनहुँ, जनार्दन गौतमको गुल्मीमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय