चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरूवा गरिएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ। उनको ठॅाउमा प्रकाश पौडेललाई सरुवा गरिएको छ।

साथै , चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश्वर रिमाललाई पनि त्यहाँबाट हटाइएको छ। उनको ठॅाउमा मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्रलाई सरुवा गरिएको छ।

रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सरकारविरुद्ध जथाभावि आन्दोलन गर्दा पनि त्यसलाई रोक्न नसकेको सीडीओ यादव र एसपी रिमाललाई आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय