काठमाण्डौं । ललितपुरको भैसेपाटीबाट नगद रकमसहित ८ जुवाडे पक्राउ परेका छन् । शुक्रबार  ललितपुर उपमहानगरपालिका–२२  बुग्मतीस्थित एक घर टहराबाट  ६० हजार भन्दा बढी  नगदसहित १ जना महिला र ८ जुवाडे पक्राउ परेका हुन् ।

प्रहरी प्रभाग भैसेपाटीबाट  प्रहरी निरिक्षक बिनु शाहीको  नेतृत्वमा खटेको प्रहरी टोलिले बुग्मती स्थित एक टहराबाट जुवाडेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेश राज सुबेदीले बताउनु भयो ।
प्रहरीले उनीहरुको साथबाट ६० हजार ८ सय ५८ रकम  बरामद गरेको  छ ।

प्रहरीले लामो समयदेखि एक महिलाले जुवाखाल सञ्चालन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १७ गड्डी तास पनि फेला पारेको छ । जुवाडेलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय