
काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा गाडी खसेको छ ।
शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको हो ।

त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजी कार्यमा जुटेको छ । क्रेनमा झुण्डिएर खोजी गर्ने प्रयास भइरहे पनि अझै गाडी फेला परेकाे छैन ।



