
पोखरा । पोखराबाट लागु औषधसहित एकजना पक्राउ परेका छन् । पोखरा ३० पावरहाउसमा पोखरा आउँदै गरेको बस चेकजाँच गर्दा झोलामा लुकाई राखेको लागु औषधसहित बागलुङका १९ वर्षीय सविन गैरे पक्राउ परेका हुन् ।
उनको साथमा रहेको झोलाबाट नाइट्रबेपाम ५८ ट्यावलेट, ट्रामाडोल १० ट्याबलेट र एन्टीकोफ ३ ट्यावलेट बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनलाई कास्की अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको शर्माको भनाई छ ।




