काठमाडौं । हाल नेपाल प्रहरीमा २ नायब महानिरीक्षक (डिआइजी) पद रिक्त छ । प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) उमेशराज जोशी र डिआइजी पोषराज पोखरेल उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि २ पदरिक्त भएको हो ।
गत साउन ८ गते एआइजी जोशीको ठाउँमा डिआइजी रामदत्त जोशी बढुवा सिफारिस भइसकेका छन् । सम्भवत उनले आगामी बुधबार एआइजीको फुली लगाउने प्रहरी मुख्यालयले जनाएको छ ।

२ पदमा दर्जनौँ आकांक्षी , कस्ले मार्ला बाजी ?
डिआइजीको रिक्त दुई पदका लागि एक दर्जन भन्दा बढि एसएसपी दौडधुपमा छन् । स्रोतका अनुसार वाहलवालाप्रहरी महानिरीक्षकको ब्याचमेटदेखि २०५४ को टोलीसम्म डिआइजी प्रतिस्पर्धामा उत्रिएका छन् ।
डिआइजी बढुवाका लागि हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, दिल्लीराज विष्ट र गणेश चन्दसिनियर हुन् । तर उनीहरुको सम्भावना कम रहेको बताइन्छ ।
यसैगरी एसएसपीहरू सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, जीवन कुमार श्रेष्ठ, दिनेशआचार्यहरु पनि डिआइजी बढुवाको दावेदार हुन् । तर, प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुवर २०५३ कोटोली (शाह, राठौर र चतुर्वेदी) लाई डिआइजी बढुवा गर्नुपर्ने पक्षमा रहेको बताइएको छ ।