काठमाडौं । काठमाडौंको एक डान्सबारमा विवाद गर्दै धाकधम्की र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८३ मंसिर ४ गते राति करिब १२ः३० बजे काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित गोल्डेन आई डान्सबारमा विवाद गर्दै धाकधम्की तथा डरत्रास देखाएको सूचनापछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय नवराज कुँवर र सोही स्थानका १८ वर्षीय सुमन तामाङ रहेका छन्।

उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनाबारे जानकारी दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय