जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी निरीक्षक विश्वम्भर नाथ साह मधेश प्रदेश प्रहरीअन्तर्गत ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन्।

७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले साहलाई सर्वोत्कृष्ट प्रहरीका रूपमा घोषणा गरेको हो।

अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा उनले पुर्‍याएको योगदान र कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मानका लागि छनोट गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रहरी निरीक्षक साहलाई सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै बधाई दिएका छन्।

प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक दक्षता र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने यस सम्मानले साहलाई आगामी दिनमा समेत अपराध नियन्त्रण, प्रभावकारी अनुसन्धान र नागरिकको सुरक्षामा थप सक्रिय भएर काम गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय