
काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनले सञ्चारकर्मी जीवन तामाङलाई सम्मान गरेको छ।
कार्यदलले कान्तिपथकर्मी तामाङलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेको हो। कार्यदल प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी र प्रहरी नायब उपरीक्षक (डीएसपी) उद्धव सिंह भाटले उनीहरूलाई कदरपत्र हस्तान्तरण गरेका थिए।

प्रहरी दिवसका अवसरमा सञ्चारकर्मीलाई गरिएको यस सम्मानले प्रहरी संगठन र सञ्चार क्षेत्रबीचको आपसी सहकार्य, समन्वय र सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, प्रहरी गतिविधि तथा जनसरोकारका विषयमा सूचना प्रवाह गर्ने सञ्चारकर्मीको भूमिकाको कदरका रूपमा समेत यसलाई हेरिएको छ।





