
कञ्चनपुर । प्रहरीले बेदकोट नगरपालिका–७ गाउँजीबाट करिब १६ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरका अवैध पटाका बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले मंगलबार विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखिएको अवस्थामा पटाका बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार बरामद पटाकाबारे थप अनुसन्धान भइरहेको छ।
चाडपर्व नजिकिँदै गएसँगै अवैध पटाका तथा अन्य सामग्रीको ओसारपसार रोक्न प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको जनाएको छ। गड्डाचौकी नाका, महेन्द्रनगर बसपार्कलगायतका क्षेत्रमा नागरिक सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।





