
गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका–५ अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी खेतमा मृत अवस्थामा फेला परेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनको मृत्यु करेन्ट लागेर भएको आशंका गरिएको छ।
मंगलबार दिउँसो खेतमा पानी लगाउन गएका भण्डारी अबेरसम्म घर नफर्किएपछि आफन्त तथा स्थानीयले खोजी थालेका थिए। खोजी गर्ने क्रममा बुधबार बिहान सिमलचौरस्थित आफ्नै खेतमा उनी मृत फेला परेका हुन्।

प्रहरीका अनुसार विद्युत् पोलबाट लत्रिएको तारबाट करेन्ट लाग्दा भण्डारीको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र विश्वकर्माले जानकारी दिएका छन्।





