कपिलवस्तु । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमले राजीनामा दिएका छन्। उनले आगामी १४ असोजदेखि लागू हुने गरी गृह मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

गृह मन्त्रालयले गौतमको राजीनामा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ। सहसचिव गौतमको निजामती सेवामा केही महिना मात्रै सेवा अवधि बाँकी रहेको बताइएको छ।

निजामती कर्मचारीसम्बन्धी नयाँ विधेयकमा प्रस्तावित व्यवस्थाका कारण यस वर्ष धेरै कर्मचारीले राजीनामा दिँदै स्वैच्छिक अवकाश रोजेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय