काठमाडौँ  । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ७७ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दामा फरार रहेकी ४१ वर्षीया सम्झना लामालाई टोखाबाट पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–०५ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–०३ मा बस्दै आएकी लामालाई प्रहरीले बुधबार बिहान उनकै डेराबाट नियन्त्रणमा लिएको हो। रमेश बस्नेतको जाहेरी वादी रहेको यस मुद्दामा भक्तपुर जिल्ला अदालतले २०८२ भदौ २९ गतेको फैसलाले उनलाई एक महिना कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

फैसलालगत्तै फरार भएकी लामालाई खोजतलास गर्ने क्रममा पक्राउ गरी आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि बुधबार नै भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय