काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि रोकिएको निवृत्तिभरण (पेन्सन) फुकुवाको माग गर्दै पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणाले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय नृपध्वज निरौला र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको हो।

सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनका लागि जाने नेपाल प्रहरीको बन्दोबस्तीका सामान खरिद (एपिसि काण्ड) मा भएको बहुचर्चित घोटाला प्रकरणमा सर्वोच्च अदालतबाटै राणा दोषी ठहर भएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्राचारपछि उनको पेन्सन रोक्का गरिएपछि राणाले २०८१ साउन १८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि सर्वोच्च अदालतले पेन्सन रोक्ने अख्तियारको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय