गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–४ जोखुममा भिरबाट लड्दा एक वृद्धको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा कालीगण्डकी–४ भाङखर्कका करिब ६५ वर्षीय फटिकबहादुर पुन रहेका छन्।

 

प्रहरीका अनुसार सोमबार बिहान जोखुमबाट भाङखर्कतर्फ जाने पैदल गोरेटो बाटोबाट करिब १०० देखि १५० मिटर तल रहेको कच्ची सडकको छेउमा पुन मृत अवस्थामा फेला परेका थिए।

 

स्थानीयबाट घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

 

पुन कसरी भिरबाट खसे भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय