
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीको देवानगञ्जमा भएको घटनापछिको विकसित परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। सम्बोधनको तयारी भइरहेको र आजै सार्वजनिक गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

यसअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाप्रति आफ्नो धारणा राख्दै भावुक स्टाटस लेखेका थिए। त्यसपछि पहिलो पटक उनी राष्ट्रका नाममा औपचारिक सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्रीको सम्बोधनको समय र अन्य विवरण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।




