काठमाडौं । सरकारले गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै कार्कीको नियुक्तिबारे जानकारी दिएका हुन्।

५८ वर्षे उमेरहदका कारण वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार २५ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। सोही कारण सरकारले गोविन्द बहादुर कार्कीलाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शासकीय मामिला हेर्ने सचिवका रूपमा कार्यरत थिए। प्रधानमन्त्री कार्यालयमा पुष्कर सापकोटा (कानुन), किरणराज शर्मा (विकास व्यवस्थापन) र खगेन्द्रप्रसाद नेपाल पनि सचिवका रूपमा कार्यरत छन्।

सरकारले प्रशासनिक नेतृत्वको निरन्तरताका लागि समयमै नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय