
नेपालगञ्ज। लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
लागूऔषध कारोबार हुने जोखिमयुक्त क्षेत्रको निगरानी तथा नियन्त्रणका क्रममा असार २१ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ उदयपुरबाट दुई जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१४ का ४२ वर्षीय जसवन्त चौहान लोनीया र सोही स्थानकी ३७ वर्षीया मिना कुमारी लोनीया रहेका छन्।
उनीहरूको साथबाट ८० ग्राम ३७० मिलिग्राम खैरो हेरोइन तथा दुई थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।



