ललितपुर। सार्वजनिक स्थलमा एक महिलासामु आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एक शिक्षा अधिकृत पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडी घर भएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। उनी हाल सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२ इमाडोलस्थित सार्वजनिक स्थानमा एक महिलासामु अश्लील हर्कत गरेको घटनापछि पीडित महिलाले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। त्यसपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले अनुसन्धान अघि बढाउँदै भट्टलाई पक्राउ गरेको हो।

हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय