
काठमाडौं। नेपाल प्रहरीका प्रहरी निरीक्षक (प्राविधिक) डा. ज्योती शर्मा प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको ३४औँ समूहमा अध्ययनतर्फ प्रथम हुन सफल भएकी छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहमा अध्ययनतर्फ उत्कृष्ट प्रदर्शन गरेबापत प्रहरी निरीक्षक डा. शर्मासहित उत्कृष्ट प्रशिक्षार्थीहरूलाई प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी सिद्धिविक्रम शाहले प्रमाणपत्र प्रदान गरेका थिए।

समारोहका अवसरमा डिआईजी दिनेश कुमार आचार्यले प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराएका थिए भने तालिम संयोजक एसपी अनुपम श्रेष्ठले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
एआईजी सिद्धिविक्रम शाहको प्रमुख आतिथ्यतामा सम्पन्न दीक्षान्त समारोहमा प्रशिक्षार्थीका आफन्त तथा विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।
तालिम सफलतापूर्वक सम्पन्न गरेका सम्पूर्ण प्रशिक्षार्थीलाई बधाई दिँदै नेपाल प्रहरीले आगामी कार्यकालमा व्यावसायिक, अनुशासित र नागरिकमैत्री प्रहरी सेवामा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।



