
काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी विभिन्न होटलमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भई काठमाडौं बस्दै आएका ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका–१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका–८ का २८ वर्षीय विवेक स्याङ्तान तथा काठमाडौं महानगरपालिका–९ शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन्।

त्यसैगरी पेमा लामा, अञ्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमलामाया लामा, फुर्वामाया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमादेवी गुरुङ र प्रिया तामाङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले फेसबुक, ह्वाट्सएप लगायत सामाजिक सञ्जाल प्रयोग गरी युवतीहरूको फोटो तथा भिडियो देखाएर ग्राहकसँग मोलमोलाइ गर्ने, भेटघाटको व्यवस्था मिलाउने तथा ट्याक्सी र निजी सवारी साधनमार्फत गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली आसपासका विभिन्न होटलमा पु¥याई यौनजन्य गतिविधि सञ्चालन गराउने गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



