
काठमाडौं । नेपाल प्रहरी अन्तर्गत उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको इन्टेलिजेन्स शाखामा कार्यरत प्रहरी निरीक्षक योगेश खत्री “बेस्ट पुलिस अफ द मन्थ” घोषणा भएका छन्।

२०८२ साल चैत महिनाका लागि उत्कृष्ट कार्यसम्पादनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। अपराध अनुसन्धान, सूचनाको प्रभावकारी संकलन तथा विश्लेषण तथा शान्ति सुरक्षा कायम गर्न पुर्याएको योगदानका आधारमा खत्रीलाई “BEST POLICE OF THE MONTH” का रूपमा छनोट गरिएको कार्यालयले जनाएको छ।
उक्त शाखामा कार्यरत रहँदै उनले विभिन्न आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। विशेषगरी सूचना संकलन र त्यसको विश्लेषणमार्फत अपराध नियन्त्रणमा देखिएको सक्रियताले उनलाई यो सम्मान दिलाएको बताइएको छ।
नेपाल प्रहरीले प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई “Best Police of the Month” घोषणा गर्दै प्रोत्साहन गर्ने नीति अनुरूप खत्रीलाई सम्मान गरिएको हो।



