
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता पदका लागि वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, पार्टी प्रवेशकै समयदेखि प्रधानमन्त्री पदको दाबी गर्दै आएका बालेनलाई मतदानबिनै सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गर्ने सहमति बनेको हो।

रास्वपाका वरिष्ठ नेतामध्ये एक रहेका बालेनलाई औपचारिक रूपमा चयन गर्ने विषयमा चैत १२ गते पार्टीको केन्द्रीय समिति बैठक बस्नेछ।
यसैबीच, नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ ग्रहण गर्ने तयारी गरेका छन् भने रास्वपाले चैत १३ गतेबाट सरकार गठन प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।



