विराटनगर । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा सहभागी भइरहेकै अवस्थामा बेहोस भएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ।

मोरङको विराटचोकमा शुक्रबार आयोजित नेपालको सशस्त्र प्रहरी बल (APF) र भारतको सीमा सुरक्षा बल (SSB) का अधिकारीहरू सम्मिलित डीआईजी स्तरीय समन्वय बैठकमा उनी सहभागी थिए। बैठक चलिरहेकै बेला अचानक बेहोस भएर ढलेका घिमिरेलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले उपचारका क्रममा एसपी घिमिरेको मृत्यु भएको पुष्टि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय