कास्की । स्रोत नखुलेको साढे २१ लाख रुपैयाँ नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–३ अधिकारी टोलबाट स्रोत नखुलेको २१ लाख ७६ हजार रुपैयाँसहित सोही महानगरपालिका–२ मोहरिया टोल निवासी ३४ वर्षीय तम्रुम पाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ग.९ प ८३०७ नम्बरको स्कुटरमा सवार पाललाई उक्त नगदसहित पक्राउ गरेको जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।



