सुरक्षा सरोकार । नेपाल प्रहरी संगठनमा २०६६ सालमा सिपाहीका रूपमा सेवा सुरु गरेका उपेन्द्र तिमिल्सैनाले १६ वर्ष लामो निरन्तर मेहनतपछि इन्स्पेक्टरको काँधमा फुली सजाएका छन्। संगठनभित्रका हरेक तह, चुनौती र जिम्मेवारीलाई नजिकबाट अनुभूति गरेका उपेन्द्रले २०८१ असार ८ गते प्रकाशित इन्स्पेक्टर नतिजामा ५५औँ स्थान हासिल गर्दै सफलताको नयाँ अध्याय लेखेका हुन्।

कडा प्रतिस्पर्धा र अनुशासित वातावरणबीच १८ महिनासम्म सञ्चालन भएको इन्स्पेक्टर तालिम सफलतापूर्वक पूरा गरेपछि उनी दीक्षित भएका छन्। सिपाहीदेखि इन्स्पेक्टरसम्मको यात्रामा संगठनबारे पूर्ण व्यावहारिक अनुभव बटुलेका तिमिल्सैनासहित जम्मा ९२ जना प्रशिक्षार्थीहरू इन्स्पेक्टरका रूपमा पास आउट भएका छन्।

दीक्षान्त समारोह प्रधानमन्त्री शुशीला कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नवदीक्षित इन्स्पेक्टरहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनप्रति जिम्मेवार, इमानदार र जनमुखी प्रहरी सेवाको अपेक्षा रहेको उल्लेख गरेका थिए।

सिपाहीको आधारबाट नेतृत्व तहसम्म पुगेको उपेन्द्र तिमिल्सैनाको यो यात्रा नेपाल प्रहरीभित्र निरन्तर परिश्रम, धैर्य र लगनशीलताले सफलता सम्भव छ भन्ने उदाहरण बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर