कपिलवस्तु — जिल्ला सरकारी वकिल कार्यालय कपिलवस्तुमा आयोजित छलफल कार्यक्रममा अनुसन्धानकर्ता र अभियोजनकर्ताबीचको समन्वय, अनुसन्धान, अभियोजन र न्याय निरुपणलाई प्रभावकारी बनाउने चुनौती र समाधानबारे चर्चा गरिएको छ।

कार्यक्रममा जिल्ला सरकारी वकिल, जिल्ला प्रहरी प्रमुख, जिल्ला स्थित वन कार्यालयका अधिकारी तथा मुद्दा चल्ने प्रहरी कार्यालयका अनुसन्धान अधिकृतहरूले सहभागिता जनाएका थिए। छलफलमा अनुसन्धान–अभियोजन प्रक्रियामा देखिएका समस्या पहिचान गर्दै, सहजिकरण र प्रभावकारी समन्वयका लागि अपनाउनुपर्ने भूमिकाका विषयमा गहन छलफल भएको आयोजकले जानकारी दिएको छ।

अधिकारिहरूले अनुसन्धानको गुणस्तर सुधार, कानुनी प्रक्रिया द्रुत र निष्पक्ष बनाउने उपायहरू तथा कानुनअनुसारको दायराभित्र सहकार्य सुनिश्चित गर्ने महत्वमा जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय