
रुपन्देही, सैनामैना — चोरी भएको स्कुटर बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
यही माघ १३ गते साँझ करिब ७ बजे, जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले सैनामैना नगरपालिका–५, बक्सडस्थित बाटो किनारमा लु ३० प १५२२ नम्बरको डियो स्कुटर बेवारिसे अवस्थामा फेला पारेको थियो।

प्रहरीले स्कुटर नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयको अभिलेख अनुसार खोजतलास गर्दा, स्कुटर कपिलवस्तु जिल्ला, बाणगंगा नगरपालिका–८ का सकरामी थारुको नाममा दर्ता भएको खुलेको छ। अनुसन्धानमा थाहा भएको छ कि उक्त स्कुटर माघ ११ गते कपिलवस्तु–८, लौगाईस्थित पार्किङ स्थलबाट चोरी भएको थियो र सम्बन्धित निवेदन इलाका प्रहरी कार्यालय पिपरामा दर्ता गरिएको थियो।
इलाका प्रहरी कार्यालय पिपराबाट पुष्टि भएपछि, प्रहरीले स्कुटर विधिवत रूपमा धनी सकरामी थारुलाई हस्तान्तरण गरेको जनाएको छ।



