रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलले जिल्लाको समग्र शान्ति, सुरक्षा र अमनचय कायम राख्न कुनै कसर नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, महाराजगंज, काठमाडौंबाट सरुवा भएर रुकुम पश्चिम आएका डिएसपी पौडेलले प्रहरी नेतृत्वमा आफ्नो अनुभव र दक्षतालाई नयाँ जिल्लामा प्रयोग गर्ने योजना बनाउनु भएको छ। कार्यभार सम्हाल्दै उहाँले भन्नुभयो, “रुकुम पश्चिमजस्तो संवेदनशील जिल्लामा शान्ति सुरक्षा र कानूनको शासन कायम राख्न हाम्रो टोली पूर्ण सक्रियता र व्यावसायिकता साथ खटिनेछ।”

डिएसपी पौडेल प्रहरी अनुसन्धानमा अनुभवसंपन्न अधिकारी हुनुहुन्छ। उहाँले आफ्नो अघिल्लो कार्यकालमा ललितपुरमा भएको हत्याकाण्डको सफल अनुसन्धान गर्नु भएको थियो, जसका कारण उहाँ प्रहरी संगठनभित्र विशिष्ट रूपमा चिनिनु भएको छ।

प्रहरी संगठनभित्र डिएसपी पौडेललाई काबिल, बौद्धिक, मिलनसार र पेशागत रूपमा दक्ष अधिकारीका रूपमा लिने गरिन्छ। सहकर्मीहरूसँग मिलनसार र सेवाग्राहीप्रति संवेदनशील स्वभावका कारण उहाँको नेतृत्वमा सुरक्षा कार्यसम्पादन अझ प्रभावकारी हुने विश्वास गरिएको छ।

स्थानीय सरोकारवालाहरूले पनि डिएसपी पौडेलको नेतृत्वमा रुकुम पश्चिममा शान्ति सुरक्षा थप मजबुत हुने र अपराध नियन्त्रणमा उल्लेखनीय सुधार आउने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय