विराटनगर । मोरङको रंगेली बजारमा दैनिक किनमेल र उधारो भुक्तानीको बहानामा नक्कली नोट प्रयोग गरिएको घटना सार्वजनिक भएको छ। प्रहरीले नक्कली नोट चलाउने प्रयासलाई असफल बनाउँदै एक जनालाई पक्राउ गरेको छ।

नक्कली एक हजार रुपैयाँ दरका नोट प्रयोग गरेको आरोपमा रंगेली नगरपालिका–२ निवासी ४५ वर्षीय सहमद हुसेन मंगलबार राति पक्राउ परेका हुन्। घटनाले सामान्य देखिने खुद्रा कारोबारभित्र नक्कली नोटको सञ्जाल सक्रिय हुन सक्ने संकेत दिएको छ।

प्रहरीका अनुसार हुसेनले रंगेलीमा नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलबाट रेडबुल खरिद गर्दा एक हजार दरको नक्कली नोट दिएका थिए। त्यस्तै, उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो रकम तिर्दा पनि उनले उस्तै दरको नक्कली नोट प्रयोग गरेको खुलेको छ।

नोटको कागज, छाप तथा बनावट अस्वाभाविक देखिएपछि पसलेहरूले प्रहरीलाई जानकारी गराएका थिए। सूचनापछि तत्काल घटनास्थल पुगेको प्रहरीले हुसेनलाई राति करिब ८ बजेतिर नियन्त्रणमा लिएको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा नक्कली नोट प्रयोग गर्ने कार्यमा संगठित गिरोहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र अन्य व्यक्तिहरूको संलग्नता भए/नभएकोबारे पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय