
बुटवल । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशअनुसार इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा सरुवा भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्री वास्तवले आफ्नो कार्यभार सम्हालेका छन्।
कार्यभार सम्हालेसँगै डिएसपी श्री वास्तवले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई कसैको दबाब वा प्रभावमा नपरी निष्पक्ष, इमान्दार र व्यावसायिक ढंगले काम गर्न निर्देशन दिएका छन्। उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा जनसेवामा उच्च प्रतिबद्धताका साथ काम गर्नुपर्नेमा जोड दिए।

डिएसपी श्री वास्तवले प्रहरी–जनताको सम्बन्धलाई अझ सुदृढ बनाउँदै कानुनको प्रभावकारी कार्यान्वयनमार्फत बुटवल क्षेत्रको शान्ति सुरक्षालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनि प्रहरी सेवामा एक काबिल, अनुशासित र व्यावसायिक प्रहरी अधिकृतका रूपमा चिनिँदै आएका छन्। आफ्नो जिम्मेवारीप्रति इमानदार, कार्यक्षमतामा सक्षम र कानुन कार्यान्वयनमा स्पष्ट दृष्टिकोण राख्ने उनले शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। सहकर्मीहरूसँग समन्वय, जनतासँग शिष्ट व्यवहार र चुनौतीपूर्ण परिस्थितिमा पनि निर्णय क्षमता प्रदर्शन गर्ने गुणका कारण उनी प्रहरी संगठनभित्र मात्र होइन, आम नागरिकमाझ पनि विश्वासिलो प्रहरीका रूपमा परिचित छन्।



