मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० टौखेलबाट चरेसजस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १५०७ नम्बरको अटोले लागूऔषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा पालुङ र चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा अटोभित्र १२ वटा रबरका डिब्बामा लुकाइछिपाइ ल्याइएको चरेसजस्तो देखिने पदार्थ अन्दाजी १२१.४६ केजी बरामद गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिनुभयो।

घटनामा अटो चालक थाहा नगरपालिका–४ रुप्से निवासी अन्दाजी २९ वर्षीय घनश्याम बल तामाङ र कैलाश गाउँपालिका–५ निवासी अन्दाजी २१ वर्षीय सानुकान्छा थिङलाई अटोसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय