मोरङ । सशस्त्र प्रहरी बल नेपाल बीओपी सिक्टीले मोरङ जिल्लाको सुनबर्सी नगरपालिका–८ स्थित लक्ष्मीथान क्षेत्रबाट करिब १५० देखि १५५ केजी प्रतिबन्धित गाँजा बरामद गरेको छ।

२०८२ साल माघ २ गते राति करिब ११ः५५ बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक विनोद थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको पाँच बोरा गाँजा नियन्त्रणमा लिएको हो। उक्त गाँजा पाँच जना व्यक्तिले टाउकोमा बोकी लैजाँदै गरेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा सशस्त्र प्रहरी उपनिरीक्षक बिधुर भट्टराईमार्फत इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी नायब निरीक्षक सदानन्द यादवको टोलीलाई जिम्मा लगाइएको छ।

घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय