काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले रचना गर्नुभएको ‘आमा म त खरानीबाट उठेर आएँ’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको जिम्मेवारी, भोगेका सङ्घर्ष र सेवाभावलाई भावनात्मक तथा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । विशेषगरी जेनजी प्रदर्शनको समयपश्चात भदौ २४ गते उपत्यका प्रहरी कार्यालयको नेतृत्व सम्हालेका आईजीपी कार्कीले प्रत्यक्ष रूपमा देखेका र अनुभूत गरेका घटनाक्रमलाई गीतको भावमा उतारिएको छ ।

जेनजी पुस्ताको आन्दोलनपछि चुनौतीका बीचबाट उठेर नेपाल प्रहरी पुनः नागरिक सेवा र सुरक्षामा समर्पित भएको सन्देश गीतमार्फत प्रभावकारी रूपमा उजागर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय