मोरङ । मोरङको नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरीले हवाई फायर गरी ठूलो परिमाणको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जहदा गाउँपालिका–२ तारिगामास्थित सीमा नजिक गए राति प्रहरीले एक राउन्ड हवाई फायर गर्दै ३३० किलोग्राम गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको टोलीले राति करिब ११ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। टाउकोमा गाँजाको बोरा बोकेर जाँदै गरेका व्यक्तिहरूले प्रहरी देख्नेबित्तिकै बोरा फालेर भाग्न खोजेपछि प्रहरीले चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेको जनाएको छ।

प्रहरीले भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय