रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका–३, पोहवाचोकस्थित दरबार होटल एण्ड रेष्टुरेन्टबाट कटुवा पेस्तोल १ थान र २ राउण्ड गोलीसहित दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत, सिद्धार्थनगर सदरथाना–डिहवाका ५२ वर्षीय महमद रमजान र भारत, मरचहवा–थानाबासी ४२ वर्षीय सञ्जय पासी रहेका छन्।

इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोही होटल परिसरबाट पक्राउ गरेको हो। उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय