रौतहट— रौतहटको चन्द्रपुर नगरक्षेत्रमा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै दुई दिनभित्र तीन जनालाई पक्राउ गरेको छ। गाँजा र ब्राउन सुगरसहित विभिन्न स्थानबाट गरिएको पक्राउले नगरक्षेत्रमा लागूऔषध कारोबारविरुद्धको प्रहरी अभियान थप प्रभावकारी बन्दै गएको संकेत गरेको छ।

आइतबार राति चन्द्रपुर–५ सुन्दरबस्ती टोलमा गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले ३३ वर्षीय सुमन तामाङ योन्जनको घरमा तलासी गर्दा पलङको घर्रामा लुकाइ राखिएको ४ किलो ७५० ग्राम गाँजा बरामद गरेको डीएसपी रुपा लाबुङले जानकारी दिएकी छन्। उक्त स्थानबाट गाँजा बिक्रीबाट संकलित अनुमान गरिएको ८,१८० रुपैयाँ नगद समेत प्रहरीले बरामद गरेको छ। योन्जनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसअघि शनिबार राति बैंकिङ कसुरमा फरार रहेका ३२ वर्षीय भोला साह कलवारलाई चन्द्रपुर–४ गौर रोड नजिकैबाट पक्राउ गरिएको थियो। असई निलेश पाठकको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा कलवारको पाइन्टको गोजीबाट १९० मिलिग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय