काठमाडौं । सशस्त्र प्रहरी बलले रौतहटको चन्द्रपुर नगरपालिका–४, देउराली चोकबाट शनिबार (मंसिर ६) स्वचालित दुई पेस्तोलसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

बाराको निजगढ नगरपालिका–६का २२ वर्षीय सुमन आचार्यलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले उक्त हतियारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनको साथबाट इटालीमा निर्मित दुई पेस्तोल, ती पेस्तोलका दुई म्याग्जिन, १३ राउन्ड गोली र एक थान खुकुरी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय