
काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले अछामको मल्लेक गाउँपालिका घर भई हाल काठमाडौँको कपन बस्ने २२ वर्षीय अमृत साउदलाई आइतबार पक्राउ गरेको हो।
साउदले गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवनमा लुटपाट गरेको अभियोग लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए।
उनका अनुसार साउदसँग प्रहरीले लुटपाट गरिएको सामग्रीहरू — एक थान कम्प्युटर, एक थान सीपीयू, एक थान प्रिन्टर मेसिन, एक जोर जुत्ता र एक थान तरवार — बरामद गरेको छ।



