धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–११ बाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको टोलीले धनिराम रानाले पक्राउ गरिएको हो।

प्रहरीका अनुसार रानाको साथबाट १४ ग्राम ९२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि ब्युरोले आफ्नो नियन्त्रणमा राखेको जनाएको छ।

यस घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय