विराटनगर, मोरङ — नेपाल प्रहरीमा आफ्नो पेशागत मर्यादा कायम राख्दै प्रहरी कार्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रहरी निरीक्षक दिपक लिम्बुलाई ७० औं प्रहरी दिवस २०८२ को अवसरमा कदरस्वरुप “उत्कृष्ट प्रहरी कार्य” पुरस्कार प्रदान गरिएको छ।

प्रहरी निरीक्षक लिम्बुज्यू, जिल्ला प्रहरी कार्यालय मोरङमा दरबन्दी/कार्यरत रहि आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै प्रहरी कार्यको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

कोशी प्रदेश प्रहरी प्रमुख, डिआईजी ईश्वर कार्कीले उनलाई पुरस्कार प्रदान गर्दै नेपाल प्रहरीको पेशागत क्षमताको प्रशंसा गरेका छन्।

यस पुरस्कारले प्रहरी सेवा र समुदायबीचको सम्बन्ध अझ सुमधुर बनाउन र अन्य प्रहरीकर्मीहरूलाई प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय