स्याङ्जा सामाजिक सञ्जाल फेसबुकमार्फत स्याङ्जावासी स्याङ्जा प्रहरीले विरुद्ध अनर्गल, झुटा कपोलकल्पित सामग्रीहरू प्रसारणगर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसारपुष्पकनामको फेसबुक पेज सञ्चालन गरी फोटोसहित आपत्तिजनक विवरणहरू सार्वजनिकगर्ने पुष्पक थापा पक्राउ परेका हुन्। पक्राउ परेका ३३ वर्षीय थापा कास्कीको पोखरा महानगरपालिका का बासिन्दा भएको प्रहरीलेजनाएको छ।

प्रहरी निरीक्षक कमल नेपालीका अनुसार थापालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीको प्रक्रिया अघिबढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय