
सुरक्षा सरोकार — विपतको समयमा उद्धारमा परिचालन गर्नुपर्ने भएकाले गृह मन्त्रालयले निजी हेलिकोप्टर पनि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। मन्त्रालयले शनिबार वायुसेवा सञ्चालक संघलाई पत्राचार गरी खोज, उद्धार तथा स्थानान्तरणका लागि आवश्यक पर्ने भएकाले हेलिकोप्टर स्ट्यान्डबाई राख्न भनेको हो।
त्यसैगरी, नेपाली सेनाका हेलिकोप्टरहरू पनि विभिन्न स्थानमा उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएका छन्।




