कैलाली । कैलाली प्रहरीले सादा पोसाकमा खटाइएका प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ। सादा पोसाकमा खटिने घुमुवा टोली विभिन्न विवादमा मुछिएपछि प्रहरी प्रशासनले यस्तो कदम चालेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार सई गजेन्द्र चन्द नेतृत्वको घुमुवा टोलीलाई हटाइएको हो। यसअघि तत्कालीन एसपी बाल नरसिंह राणाको कार्यकालमा नै सो टोली निकै विवादित बनेको थियो।

हालै जिम्मेवारी सम्हालेका नयाँ एसपी नरेन्द्र बहादुर चन्दले टोलीलाई पूर्णरूपमा खारेज गरेका छन्।

घुमुवाका नाममा असुली, बार्गेनिङ र संस्थागत तस्करीसम्ममा संलग्न भएको आरोप सो टोलीमाथि लाग्दै आएको थियो।

यस्तो गुनासो कैलाली मात्र नभई अन्य जिल्लाहरूमा समेत रहेको बताइन्छ। जानकारहरूका अनुसार प्रहरीको घुमुवा राख्ने मुख्य उद्देश्य सूचना संकलन भए पनि व्यवहारमा यो ‘कमाउने धन्दा’मा परिणत भएको भन्दै आलोचना हुने गरेको छ।

पछिल्लो समय घुमुवा प्रहरीमाथि मुद्दा चलेको घटना कमै सार्वजनिक भए पनि उनीहरूको असुली धन्दा भने रोकिएको छैन। विशेषगरी तराईका जिल्लाहरूमा घुमुवा प्रहरीहरू असुलीमा सक्रिय हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय