रूपन्देही । नेपाल प्रहरीका एक जवानले बुटवलस्थित प्रहरी तालिम केन्द्र नजिकै आत्महत्या गरेका छन्।

बाँकेको राप्ती सोनारी गाउँपालिका–३ घर भएका २४ वर्षीय श्याम चौधरी शुक्रबार राति तालिम केन्द्र छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। शनिबार घर ल्याएर आइतबार अन्त्येष्टि गरिएको वडा अध्यक्ष मिनकुमार चौधरीले जानकारी दिएका छन्।

चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। आधारभूत तालिम सकेपछि उनी त्यही तालिम केन्द्रमै प्रशिक्षकका रूपमा कार्यरत थिए। शुक्रबार राति रात्रिकालीन ड्युटी सकेका उनी शनिबार बिहान तालिम केन्द्रकै खेलमैदान नजिक बहुउद्देश्यीय भवन पछाडिको रुखमा झुण्डिएको अवस्थामा भेटिएका थिए।

गाउँले र स्थानीय स्रोतका अनुसार, प्रेम सम्बन्धसम्बन्धी विवादका कारण चौधरी तनावमा थिए। उनले कोहलपुरकी एक युवतीसँग सम्बन्ध राखेको तर पछि अर्को युवतीसँग पनि सम्बन्ध बनाउँदा दुवै पक्षबाट दबाब परेको जनाइएको छ।

प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय