कैलाली, भदौ १६ । विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले खैरो हेरोइन (ब्राउन सुगर) सहित एक युवकलाई कैलालीमा पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, प्रहरी चौकी गेटा र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१ बिजौरा स्थित माछा पोखरी नजिक शंका लागेपछि मोटरसाइकल (से.३ प. ५१४१) चेकजाँच गर्दा लागूऔषध फेला पारेको हो ।

मोटरसाइकल चलाइरहेका २७ वर्षीय राजु चौधरीले भाइजर मुनि र ह्याण्डिलको टि–गार्ड भित्र लुकाइराखेको अवस्थामा ३ वटा पोका फेला परे, जसको शुद्ध तौल ९ ग्राम रहेको प्रहरीले जनाएको छ । बरामद पदार्थ प्रारम्भिक परीक्षणमा खैरो हेरोइन (ब्राउन सुगर) भएको देखिएको छ ।

चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको इलाका प्रहरी कार्यालय मालाखेति कैलालीका डिएसपी रण बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय