काठमाण्डौं — सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा धनुषाका अधिवक्ता प्रमोद कुमार रायलाई प्रहरीले पक्राउ गरेको छ।

उनी शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ परेका हुन्। शनिबार उनलाई धनुषा ल्याइएको र जिल्ला अदालतमा पेस गरी म्याद थप प्रक्रिया अघि बढाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

अधिवक्ता रायसहित तीन जनाले धनुषाकी एक महिलामाथि सामूहिक बलात्कार गरेको जाहेरी गत साता इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा दर्ता भएको थियो। प्रहरीका अनुसार घटना माघ १२, २०८१ मा भएको हो।

जाहेरीमा पीडिताले बिहान कुहिरो लागेको मौका छोपी अधिवक्ता रायसहितको समूहले जबर्जस्ती करणी गरेको उल्लेख गरेकी छन्। पीडित पक्षले सो घटनाबारे तत्काल उजुरी दर्ता गराउँदा इलाका प्रहरी कार्यालय महानगरमा दर्ता भएको थिएन।

तर, पीडित पक्ष उच्च अदालतबाट परमादेश ल्याएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय